सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मैले काँध छाडे भने देशै ढल्छ : दाहाल

858
shares

 

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा कसैले पत्याउन नसक्ने अभिव्यक्ति दिन थालेका छन् । उनले केही दिन पहिला आफूले काँध छाडि दिने हो भने देश गल्याम्मै ढल्छ भन्ने अभिव्यक्ति समेत दिएका छन् ।
दाहाललाई सत्ता गुम्दाको पिडाले अहिले पनि छोड्न नसकेको दाहालकै अभिव्यक्तिबाट प्रष्ट भएको छ । माओवादी केन्द्रको विगत झण्डै ४० वर्षदेखि उनी अध्यक्ष रहेका छन् । उनको पेलना सहन नसकेर माओवादीका धेरै नेताहरुले पार्टी छोडेर अन्य पार्टी बनाउका छन् । आफ्ना राजनीतिक गुरुहरु मोहन विक्रम सिंह, सिपी गजुरेल लगायत नेत्र विक्रम चन्द, गोपाल किराँती लगायतका धेरै नेताहरु पार्टी छाडेर अन्यन्त्र गएका छन् । पार्टीमा एक्लो राज चलाएका दाहाल अहिले निकै हौसिएका छन् ।
दाहालले आफ्ना स्वार्थका लागि भारतमा बसेर नेपाल विरुद्ध आन्दोलन गरे । अन्तिम समयमा उनले त्यही भारत विरुद्ध सुरुङ युद्ध गर्ने अभिव्यक्ति समेत दिनुले उनको नियत के हो ? भन्ने प्रष्ट हुन्छ । के दाहाल नरहँदा नेपाल रहँदैन र ? कुनै बेला आफ्ना लडाकु राखेको क्यान्टोनमेन्ट लडाकुलाई धेरै देखाएर ठुलो मात्रामा रकम हात पार्न सफल भएका दाहालले हाकाहाक्की भन्नु भएको थियो १७ हजार देखाएका मध्ये ७ हजार मात्र सक्कली लडाकु थिए भन्ने उद्घोष समेत उनले गरेका थिए ।
माओवादीका आन्दोलनमा १७ हजार नेपाली जनताले ज्यान गुमाएका मध्येका ५ हजारको आफूले जिम्मा लिने उद्घोष उनले टुडिखेलबाटै गरेका थिए । आफ्नै कार्यकर्ताद्वारा जिउँदै खाल्डोमा पुरेर मारिएका पत्रकाको परिवारमा गएर गोहीको आसुँससम्म चुहाउन भ्याएका र गल्ती भयो भन्दै आसुसम्म झार्न भ्याएका थिए । दाहालमा यस्तो कला छ कि आफूँ प्रधानमन्त्री रहेकै बेला आफूलाई प्रधानमन्त्री बनाएका दलहरुलाई नै आफूलाई पदबाट हटाएर देखाउन चुनौतीसम्म दिएका थिए ।
एमसीसीका विरोध र समर्थन एकै पटक गर्न सक्ने कला दलाहालमा मात्र देखिएको थियो । त्यही कारणले गर्दा अहिले उनले आफूले काँध छोडे देश नै गल्र्याम्म ढल्छ भन्ने अभिव्यक्ति दिएका छन । यस्तो कलालाई तपाई के भन्नुहुन्छ ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports