सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली भाषा बचाऔँ, इम्बोष्ट नम्वर अस्वीकार गरौं

1.01K
shares

 

काठमाडौ । सरकारले आउँदो असोज १ गतेदेखि सवारी साधनहरुमा इम्बोष्ट नम्वर अनिवार्य गर्ने सुचना जारी गरेको छ । यातायात विभागले समेत त्यसै अनुसारको सूचना प्रकाशित गरिसकेको छ । तर सरकारले २०८० वैशाख १४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव केशव कुमार शर्माको नाममा प्रकाशित राजपतन्त्रमा इम्बोष्ट नम्वर नेपाली र अंग्रेजी दुवै भाषा लेख्नुपर्ने सूचना जारी गरिएको छ । तर पछिल्लो समयमा नेपाली भाषालाई मास्ने प्रयास स्वरुप अंग्रेजीमा मात्र इम्बोष्ट नम्वरहरु लेख्न थालिएको हुनाले सरकार नै नेपाली भाषालाई मार्ने प्रयासमा लागि परेको जस्तो देखिएको छ ।
इम्बोष्ट नम्वरका बारेमा धेरै विवादहरु आएका र सो विवाद निरुपणका लागि सर्बोच्च अदालतमा समेत रिट परेको र सर्बोच्च अदालतले समेत नेपाली भाषा प्रयोग गरी नेपाली भाषालाई बचाउन सरकारको नाममा आदेश दिएको भएपनि केही माफियाहरु र केही राष्ट्रघातीहरुले विचौलियाको रुपमा काम गरेर अदालतको आदेश विपरित असोज १ गतेदेखि सवारी साधनहरुमा इम्बोष्ट नम्वर अनिवार्य राख्नुपर्ने सरकारबाटै निर्णय गराएका छन् । इम्बोष्ट नम्वरको ठेक्कामा ठुलो मात्रामा चलखेल भएको हुनाले सो विषयमा समेत अदालतमा रिट निवेदन विचाराधिन अवस्थामा रहेको बेला किन हतार हतारमा इम्बोष्ट नम्वर अनिवार्य गरिन लागेको छ ?
सर्बोच्च अदालतले इम्बोष्ट नम्वरमा नेपाली भाषा प्रयोग गर्न आदेश दिई सकेका अवस्थामा अदालतको आदेशलाई वेवास्ता गर्दै केही विचौलिया र ठेकेदारहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका मन्त्री, सचिव र यातायात विभागका उच्च तहका कर्मचारीहरुलाई प्रभावमा पारेर असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोष्ट नम्वर राख्नुपर्ने सूचना जारी गराउन सफल भएका छन् । नेपाली भाषालाई मारेर अंग्रेजीमा मात्र इम्बोष्ट नम्वर राखिए त्यो राष्ट्रघाती कार्य हुने भएकाले अविलम्व नेपाली भाषामा नै इम्बोष्ट नम्वर राख्ने व्यवस्था गरिनु आवश्यक छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports