२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली द्वारा आफ्नो चीन भ्रमण वारे संसदलाई दिए जानकारी

1.55K
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन भ्रमण गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमणको कार्यक्रमबारे जानकारी दिए ।

प्रधानमन्त्री ओली तियानमेनमा आयोजित शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् र त्यहाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । सम्मेलनपछि उनी रेलमार्फत भदौ १७ गते बेइजिङ प्रस्थान गर्नेछन् ।

बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको परेडमा पनि उनले भाग लिनेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुस, भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports