सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी

1.12K
shares

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी दिएको छ।

महासंघले सोमबार जारी गरेको सूचना अनुसार अब विलासिता शुल्क उपभोक्ताबाट मात्रै संकलन गरिने व्यवस्था लागु गरिएको छ। यस अर्थमा व्यवसायी वा बैंक, होलसेलरबाट खरिद गर्दा शुल्क लाग्दैन। साथै, उपभोक्ताले खरिद गरेको सुन फिर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने महासंघले जनाएको छ ।महासंघले आफ्नो पत्रमार्फत सम्पूर्ण सदस्य व्यवसायीलाई नयाँ कार्यविधि अनुसार कारोबार संचालन गर्न अनुरोध गरेको छ। यस कार्यविधि अन्तर्गत मर्मतका लागि ल्याएको गहना शुल्कमुक्त हुनेछ, तर यदि सुन थप गरिएको भए थपिएको सुनमा मात्र शुल्क लाग्ने छ ।

यसैगरी विदेशबाट ल्याइएको सुन प्रमाण सहित मात्र खरिद गर्न सकिने छ भने विलासिता शुल्क मासिक आधारमा भुक्तानी गर्नुपर्ने र बिल तयार गरी प्रमाणित कार्यालयबाट प्रमाणीकरण गराउने व्यवस्था गरिएको महासंघका महासचिव निरबहादुर विश्वकर्माले जानकारी दिए ।यसैगरी कालिगढहरुले पान नम्बर लिएर मात्र गहना निर्माण र ओसारपसार गर्न सक्ने छन् भने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नियमअनुसार ५० लाख रुपैयाँभन्दा बढी पत्थरको बिक्रिमा मात्रै दर्ता अनिवार्य हुने छ ।

विश्वकर्माले व्यवसायीहरूलाई नयाँ कार्यविधि अनुसार विलासिता शुल्क उपभोक्ताबाट संकलन गरी लागू गर्न अनुरोध गरेका छन्। यसअघि आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले सुन तथा सुनका गहना कारोबारमा तहगत रूपमा २ प्रतिशत विलासिता कर लगाउनुका साथै हिरा तथा बहुमूल्य गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएपछि व्यवसायीले विरोध गर्दै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports