२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीभित्र अनुशासनमा कमी देखिएको छ : अध्यक्ष ओली

975
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनमा कमी देखिएको बताएका छन् । यद्यपि एमाले उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको समेत उनले दाबी गरेका छन्।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सशक्त रूपमा अघि बढिरहेको बताए। उनले भने, ‘पार्टीमा अनुशासनमा कमी, अलि बेलगाम हुन पाए हुने भन्ने प्रवृत्ति छ। तर पनि हामी उज्ज्वल भविष्यतर्फ अगाडि बढेका छौँ।’उनले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको ‘मिसन २०८४’ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने स्पष्ट गरे । ओलीका अनुसार एमालेका नीति–कार्यक्रम नै राष्ट्रिय नीति हुन् र त्यहीमार्फत सामाजिक न्याय, विकास र सामूहिक आर्थिक सुधार हासिल गर्न सकिनेछ।

विपक्षी दलहरूले एमाले विरुद्ध अनर्गल प्रचार गरिरहेको दाबी गर्दै ओलीले भने– ‘हाम्रो नीति नै राष्ट्रिय नीति हुन्। हाम्रा विरोधीले हाम्रो विरोध गरिरहेका छन्। तर सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन।’ अध्यक्ष ओलीले पार्टीलाई अनुशासन, समर्पण र राष्ट्रिय लक्ष्यका आधारमा सुदृढ गर्दै अघि बढाउन सबै तहका नेता कार्यकर्तालाई आह्वान गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports