सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने
वि.सं.२०८२ भदौ २३ सोमवार २२:१६
shares

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
































