२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले खोल्यो बन्द भएका सामाजिक सञ्जाल

1.01K
shares

जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो।

त्यस क्रममा सोमबार साँझसम्म काठमाडौँ उपत्यकामा १७ र बाहिर २ गरी १९ जना मारिएको प्रहरीले जनाएको छ भने जेनजी आन्दोलनले भने मारिएका युवाको संख्या २० भन्दा माथि नै रहेको दाबी गरेको छ। तर यो खबर लेख्दासम्म कसैले मृतक र घाइतेको एकिन विवरण दिन सकेका छैनन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports