सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी प्रदर्शनबाट निधन भएका शवको पोस्टमार्टम सुरु

689
shares

काठमाडौं । सोमबारको जेनजी प्रदर्शनबाट निधन  भएका शवको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । ‘पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ,’ डा. चौधरीले भने, ‘ आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा पोस्टमार्टम गर्ने छौं ।’

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।‘अहिलेसम्म ९ जना अभिभावकले पत्र ल्याउनुभएको छ । ती शवको पोस्टमार्टम गरेर आज बुझाउने छौं,’ डा. चौधिरीले भने ।मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै शवको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि भनेर नोट गरिन्छ ।

त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र सबै अंगको जाँच गर्ने गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ ।डा. चौधरीका अनुसार गोली लागेको केसमा पनि नियमित जसरी नै पोर्टमार्टम गरिनेछ । गोली कुन एंगलबाट लागेको छ, इन्ट्री पोइन्ट कुन हो, एक्जिट पोइन्ट कुन हो, शारीरिक इन्फर्मेसन पनि संकलन गरिने डा. चौधरीले बताए ।उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने हुन्छ, जस कारण अन्तर्राप्ट्रिय रूपमा मान्य होस् ।

यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंग पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ ।डा. चौधरी भन्छन्, ‘के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भए पछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं ।’जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ जनाको बाँकेको बाल सुधार केन्द्रमा भएको झडपमा  निधन भएको थियो । यो संख्या अस्पतालमा गएर मृत्यु भएको मात्रै संख्या हो । तर फोरेसिन्क विभागमा काठमाडौं उपत्याकाको मात्रै ३६ जना शव पोस्टमार्टमका लागि पुगेको निधन  हुनेको संख्या बढ्ने सक्ने अनुमान छ । प्रर्दशनबाट १ हजार ७७१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । जसमध्ये २८४ जना भर्ना भएर उपचार भइरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports