तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शनिबारदेखि देशैभर यातायात सञ्चालनमा

520
shares

काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो।

देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरेको यातायात व्यवसायीहरूले बताएका छन् ।देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालू गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले  बताए ।

‘केन्द्रबाट अहिले निर्णय गर्ने अवस्था छैन,’ उनले भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर चलाउन हामीले आग्रह गरेका छौँ ।’साथै आजदेखि देशभर लामो र छोटो दुरीका यातायात सञ्चालन हुने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports