तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँका सडकमा तैनाथ सेना हटाइयो , सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हाले

559
shares

काठमाडौँ – नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटाइएको छ। अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन्।

सेनाले आन्दोलनका क्रममा विभिन्न स्थानमा राखिएका ब्यारिकेडहरू हटाएर सडक खुला गरेको छ। यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य बन्दै गएको छ। ट्राफिक प्रहरीहरू सडकमा खटिएका छन् भने उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ।

पछिल्लो समय देशभर चलेको आन्दोलनका कारण उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको थियो। नयाँ राजनीतिक विकाससँगै अवस्था सामान्य भएपछि सेनालाई ब्यारेकमा फर्काइएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports