तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर हमालको प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोग सहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग

884
shares

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन्। उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेकोमा प्रशंसा गरेका हुन्।

सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्त्वपूर्ण मागहरू राखेका छन्। उनको मुख्य जोड भ्रष्टाचार नियन्त्रणमा रहेको छ । उनले भनेका छन्– ‘भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन। सुशासन नभएसम्म देशले प्रगति गर्दैन।’हमालले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन्। उनले यो जेनजी आन्दोलनको पनि मुख्य मुद्दा रहेको बताएका छन्।

यसैगरी, उनले आन्दोलनमा शहीद भएका र घाइतेहरूको अवस्थाबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्। हमालले शहीदको सङ्ख्याबारे अन्योल रहेको भन्दै सरकारले सही तथ्याङ्क, उनीहरूको नाम, ठेगाना र घाइतेहरूको उपचारको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन्।अन्तमा, हमालले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको विकास र सुशासनका लागि महत्त्वपूर्ण काम हुने आशा व्यक्त गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports