सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोग फागुन २१ गतेको चुनावको तयारीमा जुट्दै

923
shares

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद विघटन गरी निर्वाचन घोषणा गरेका थिए ।

राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका थिए । निर्वाचन घोषणासँगै आयोगले तयारी गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।‘हामी निर्वाचन गराउने तयारीमा छौँ । कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ । जनशक्ति पनि कमी छन् । त्यसमा ध्यान दिनुपर्नेछ । यस सम्बन्धमा छलफल गरेर दुई/तीन दिनमा एउटा निष्कर्षमा पुग्नेछौँ’, उनले भने ।

मतदाता अद्यावधि सम्बन्धमा पनि कार्यतालिका बनाएर जानुपर्ने भएकाले अहिले कुनै निष्कर्षमा नपुगेको भण्डारीले बताए ।भ्रष्टाचार र बेथिति विरुद्ध भदौ २३ गते जेनजीले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा ५१ जनाको ज्यान गएको थियो । निजी र सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा अर्बौँ सम्पत्ति ध्वस्त भएको थियो । मुलुक सुरक्षा नियन्त्रण बाहिर जाने स्थिति भएपछि नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति र जेनजी प्रतिनिधिबिच सहमति भएर कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports