नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
वि.सं.२०८२ भदौ २९ आइतवार १२:१३
shares
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका छन् । कार्कीले केहि बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण गर्नुअघि उनले लैनचौर पुगेर माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिए । जेनजीको मागअनुसार उनलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।
भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की सरकार प्रमुख बनेका हुन् । यससँगै आगामी फागुन २१ गतेभित्र निर्वाचन गराउने जिम्मेवारी उनको काँधमा आएको छ ।




































