प्रधानमन्त्री कार्कीको नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई निर्देशन
वि.सं.२०८२ असोज २२ बुधवार १८:४३
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धीत मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयबाट बिभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिएकी छिन् ।
जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगाएतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए ।त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएको उनले बताए ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पूननिर्माण गर्नका लागि पूननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस बिषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।



































