कांग्रेस कार्यसम्पादन समिति बैठक एजेन्डामा सहमति नजुटेपछि मंगलबार सम्मका लागि सर्यो
वि.सं.२०८२ असोज २७ सोमवार १४:०६
shares

काठमाडौँ । केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन ।आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।




































