हमासद्वारा मारिएका विपिन जाेशीको शव आजै हस्तान्तरण गरिने
वि.सं.२०८२ असोज २७ सोमवार २०:००
shares

काठमाडौँ । हमासद्वारा मारिएका विपिन जाेशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ ।
हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, र डेनियल पेरेजको रूपमा गरेको छ। विज्ञप्तिमा उनीहरूको शव आज हस्तान्तरण गरिने बताइएको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको भए पनि उसले अझै पनि केही मृत इजरायली बन्दीहरूको शव नियन्त्रणमा राखेको छ।






































