सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

559
shares

पोखरा । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्न सफल भएको छ ।

खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो ।त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।

अतिरिक्त समयको पहिलो मिनेटमा खेललाई फेरि अग्रता दिलाउने मौका मनाङले गल्ती गर्दा गुमाउन पुग्यो । अतिरिक्त समयको पहिलो मिनेटमै कर्नरबाट पाएको बल ओलावाले अपिजले गोल गरेका थिए । तर, उनले विपक्षी खेलाडीलाई धक्का दिँदै लडाउन पुगेकाले खेलका मुख्य रेफ्री नवीन्द्रमान महर्जनले गोल स्वीकृत गरेनन् । उनले सोही गल्ती अतिरिक्त समयको २० औं मिनेटमा पनि गरेका थिए ।त्यसअघि खेलको ४० औं मिनेटमा मनाङका आदित्य चौधरी घाइते भएका थिए । हातमा चोट लागेर गम्भीर बनेपछि उपचारका लागि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । एपीएफका क्याप्टेन नवीन लामाले प्रहार गरेको क्रस बल आदित्यको हातमा लाग्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।

सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।
मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports