बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:१७
shares

काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिन माग गरिएको छ ।
गत वर्ष विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै उनलाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड दिन माग गरिएको हो । आन्दोलनका बेला झन्डै १ हजार ४ सय जना मारिएका थिए।
गत वर्ष जुलाईमा भएको विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि उनी देश छोडेर भारतको शरणमा बसिरहेकी छिन् ।हालै सार्वजनिक अडियो क्लिप्समा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध गोली चलाउन आदेश दिएको पाइएको दाबी गरिएको छ।



































