सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ऋषि कट्टेल पार्टीबाटै निष्कासित

442
shares

एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् ।

नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो । पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले निष्कासन गरिएको उल्लेख छ ।पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । विज्ञप्तिमा उनकै हस्ताक्षर छ । उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गत विहीबार जारी वक्तव्यमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports