विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक २६ गतेसम्म स्थगित

585
shares

आजका  लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले हिजो शनिबार साँझ एक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो।  कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ संसदमा प्रतिपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports