सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालनलाई ई: को प्रश्न काठमाडौं जलिरहँदा तपाईको अपिल किन आएन ?

767
shares

काठमाडौं। सामाजिक अभियन्ता ई: ले जेनजी आन्दोलनको दोस्रो दिन मुलुकको सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सम्पत्ति जल्नुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को हात रहेको आरोप लगाएका छन् ।

ई:ले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै २४ भदौ अर्थात् ९ सेप्टेम्बरको घटना पछाडि बालेनको हात रहेको आरोप लगाएका हुन् ।उनले बालेनलाई प्रश्‍न गरेका छन्, ‘भदौ २४ गते, सेप्टेम्बर ९ तारिखका दिन सबेरैदेखि सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सम्पत्तिको आगजनी रोक्न एउटा एक मिनेटको भिडियो मात्र हाल्नू भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईंलाई कति गुहारे । तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजीनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरी नै तपाईंको एउटा सामान्य अपिल पनि सबै सोत्तर नभएसम्म आएन। किन ? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसङ्ग सर्वविदितै छन्।’

यस्तै ई: ले बालेनलाई महामेयर भन्दै उनी स्वयं सडकमा नभए पनि उनका प्रतिनिधिले आन्दोलनको कमान्ड गरिरहेको आरोपसमेत लगाएका छन्। त्यसबाहेक अरू अनेक पक्ष पनि सामेल भएको भन्‍दै बालेनलाई उक्त खेलमा एउटा प्यादा मात्र भएको बताएका छन् ।‘महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमान्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरू अनेक पक्षले पनि त्यस्तै गरे,’ उनले भनेका छन्, ‘जे भने पनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। सायद सर्वशक्तिमान कवि यो खेलमा एउटा प्यादा मात्र थिए। भूपिले लेखेका थिए नि- एक मनोरञ्जक खेलका सामग्री ।’

ई:ले अहिलेसम्म शहीद र घाइते परिवारसँग आर्यघाटमा कतै उपस्थित नहुनुले बालेनमा साहसको अभाव भएको बताएका छन् । ‘यद्यपि, अहिलेसम्म शहीद र घाइते परिवारसँग आर्यघाटमा होस् वा अस्पतालमा आँखामा आँखा जुधाउने जुन साहसको अभाव तपाईंमा देखिएको छ, त्यो बिनाकारण होइन, नैतिकताको सङ्कट हो भन्ने विषयमा तपाईं स्वयंले आफूलाई ढाँट्न सक्नु हुँदैन होला।’यसका साथै आज काठमाडौं महानगरको कार्यपालिका बैठकमा दुईजना वडाध्यक्षले दमकल परिचालनबारे ‘माथिबाट आदेश छैन’ भन्‍नुले पनि बालेनको संलग्नता रहेको ई: को भनाइ छ । ‘वडाध्यक्षले बैठकमा दमकल परिचालनबारे ‘माथिबाट आदेश छैन’ भनेर नगर प्रहरीले दिएको जवाफ लगायत अन्य दुःखद कैफियत औँल्याइहाले,’ उनले भनेका छन्।

उनले अहिंस्रक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वाभाविक रूपले एक कित्तामा आउन नसक्‍ने भन्‍दै बालेनप्रति व्यङ्ग्य गरेका छन्। साथै नयाँ राजनीतिक दल जनजीविकासम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ हेर्न बाँकी नै रहेको उल्लेख गरेका छन् ।‘जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंस्रक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वाभाविक रूपले एक कित्तामा आउन सक्दैनन्, ‘उनले लोकतन्त्रको सौन्दर्यताको उदाहरण दिँदै भनेका छन्, ‘बालेनजी, तपाईं समर्थित नयाँ राजनीतिक दल जनजीविकासम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ हेर्न बाँकी नै छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports