विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्छ : प्रकाशशरण महत

910
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा नै प्रतिकूल असर पर्ने देखिएको बताएका छन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।‘विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ,’ नेता महतले भने ।अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनमा खर्चिनु पर्नेमा अन्तरिम सरकारका प्रधानमन्त्री प्रतिशोध साँध्नेतर्फ लागेको उनको आरोप छ ।

शान्ति सुरक्षा सुनिश्चित गर्ने कुराप्रति सरकार गम्भीर नभएको भन्दै सरकारले निर्वाचन गर्ने विश्वसनीय आधार बनाउनुपर्ने उनले बताए ।‘दलीय प्रतिनिधिहरूले निर्वाचन आयोगमा कुराहरू राख्नु भएको छ । अब निर्वाचन आयोगले कार्यतालिका ल्याएर मात्रै निर्वाचन हुँदैन । त्यसका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति सुरक्षित हुने वातावरण बनाउनु पर्छ । बैठकमा साथीहरूले पनि यस विषयमा गम्भीर रूपमा कुरा उठाउनु भएको छ,’ महतले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports