नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने

832
shares

काठमाडौं । भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ ।

सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ ।सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दिपावली उत्सव स्थल बनाउन नपाइने सूचनामा उल्लेख छ ।

देउसीभैलो लगायतका कार्यक्रम राति ९ बजेसम्म मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्न अनुरोध गरिएको छ । साथै देउसीभैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न आह्वान गरिएको छ ।काठमाडौं प्रशासनले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन भनेको छ ।

देउसीभैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन’, सूचनामा भनिएको छ ।

कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।लितपुरमा के छ व्यवस्था ?ललितपुर प्रशासनले पनि देउँसीभैलो लगायतका कार्यक्रम बढीमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको हो ।

चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सदभाव खलल् पुग्ने कुनै पनि गतिविधि नगर्नु/नगराउनु पनि प्रशासनले अनुरोध गरेको छ ।प्रशासनले जारी गरेको सूचना विपरीत कसैले गैरकानूनी कार्य गरे/गराइएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलमा जानारी गराउन समेत अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports