२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब ओली कानुन भन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

1.39K
shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ भन्ने संज्ञा दिए।

गृहमन्त्री अर्यालले ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको जस्तो अब नहुने’ स्पष्ट पारेका छन्। उनले भने, ‘यो चाहिँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुन भन्दा माथि बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’

उनले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगले भनेको जानकारी पनि दिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports