सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुटिएका हतियार, गोली, भागेका कैदीबन्दी निर्वाचनमा प्रयोग त हुँदैनन् सरकार ?

728
shares

 

काठमाडौ । भाद्र २३ गते जेन–जीहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा आतंक मच्चाउँदै आएका व्यक्तिहरु प्रायः सबै कुनै न कुनै अपराधमा संलग्न रहेका व्यक्तिहरु रहेको प्रष्ट हुँदै गएको छ । २३ गतेको विरोध प्रदर्शनको क्रममा रास्वपाका केही नेताहरु आफ्ना सभापति रवि लामिछाने रहेको नख्खु जेलमा पुगेर उनलाई जेलबाट रिहा गराउन नक्कली पत्र नै तयार गरी सोही पत्र देखाउँदै लामिछानेलाई जेलमुक्त गराएपछि त्यहाँ रहेका अन्य कैदीबन्दीहरुले विद्रोह गरि भागेका थिए ।
भाद्र २४ गते सिंहदरबारमा आगो लाग्दा केही कलाकार सहित रास्वपाका नेताहरु भने उफ्री उफ्री फोटो सेसन गरिरहेका भिडियाहरु सार्वजनिक भएका छन् । २४ गते सिंहदरबार जल्यो, सर्बोच्च अदालत जल्यो, संसद भवन जल्यो, राष्ट्रपति कार्यालय जल्यो, प्रधानमन्त्रीको सरकारी निवास जल्यो, जिल्ला अदालत काठमाडौ जल्यो विशेष अदालत जल्यो, सडक विभाग जल्यो भने मुलुक भरकै प्रहरी कार्यालयहरु, जेल तोडियो तर सुरक्षा निकाय मौन जस्तै रह्यो आखिरी किन ? अब त्यस विषयमा निष्पक्ष छानविन गरी उनीहरुमाथि कानुनी कारबाही हुनुपर्नेमा सुशिला कार्की सरकारले प्रहरीले प्रमाण सहित पक्राउ गरेका व्यक्तिहरुलाई रिहा गर्न आदेश दिएकाले उनीहरु रिहा भै सकेका छन् ।

सुशिला कार्कीको म्याण्डेट भनेको ६ महिनाभित्रमा अर्थात फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु नै हो । कार्की सरकारको मुख्य काम भनेको निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै हो । दैनिक कार्य सञ्चालन गर्ने काम पनि उनैको भएपनि किन सरकार एक दुई व्यक्तिहरुलाई पक्राउ गर्न मरिहत्ते गरिरहेको छ ? केही दिन पहिला जेन–जीको एक समूह प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।
सो समूहले आफ्ना माग राख्दै गर्दा प्रधानमन्त्री कार्कीले नै तपाईहरु केपी ओली सहितका व्यक्तिलाई पक्राउ गरी जेलमा राख्नुपर्दछ भन्दै विरोध गरिरहनुहोस् त्यसपछि हामीलाई उनीहरुलाई पक्राउ गर्न सहज हुन्छ भन्ने अभिव्यक्ति दिएको जेन–जी समूहकै भेटवार्ता गर्न गएकाले बाहिर बताएका छन् ।
भाद्र २३ र २४ गते भएको अपराधिक कार्यमा जेन–जीहरुको आन्दोलनलाई हाइज्याक गरी आफ्नो स्वार्थ पूरा गर्नेहरुकै समूहको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न सफल भएकी छन् । कार्की प्रधानमन्त्री बन्नु भन्दा केही दिन भाद्र २५ र २६ गते नै भारतीय मिडियाहरुले कार्की प्रधानमन्त्री बन्ने निश्चित रहेका समाचारहरु प्रसारित र प्रकाशित गरेका थिए ।
नेपालको इतिहासमै पहिलो पटक नेपालका प्रधानमन्त्रीलाई दलाई लामा र उनका दूतहरुले बधाई दिएका थिए । त्यसको तारतम्य टिओबी ग्रुप र हामी नेपाली संस्थाका व्यक्तिहरु मिलाएका थिए । अहिले तिनै टिओबी ग्रुपको समर्थन प्राप्त र हामी नेपाली संस्थाका व्यक्तिहरुले प्रधानमन्त्री कार्कीलाई सञ्चालन गरिरहेका छन् । जेलबाट भागेका कैदीबन्दरु र सुरक्षा निकायबाट लुटिएका हतियार र गोलीहरु कहाँ छन् कतै ती निर्वाचनका बेला प्रयोग त हुँदैनन ? त्यसको ग्यारेन्टी गर कार्की सरकार ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports