नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

650
shares

काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ ।विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजात सहित ४ सर्त पूरा गर्नुपर्नेछ । जसअनुसार कम्तीमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने छ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए । यस्तै प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजात र त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने उनले बताए ।

यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । भिजिट भिसामा विदेश जान उल्लेखित कागजात भएमा अध्यागमनमा कुनै रोकतोक नहुने उनको भनाइ छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports