काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्कायो
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १४:०७
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ।
शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा बनेको संरचनाहरू महानगरले भत्काएको हो । ‘अवैध संरचना भत्काइएको हो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर, संरचना बनाइएको थियो । अहिले खाली गरिएको हो,’ उनले भने ।




































