नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय विरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’

741
shares

काठमाडौँ । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आइतबारका लागि पेसी तोकिएको छ ।

शुक्रबार रिट निवेदक प्रतिभा उप्रेतीको तर्फबाट अधिवक्ता अनन्त लुइँटेल, वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, गोपालकृष्ण सापकोटा, टीकाराम भट्टराई, खम्बाबहादुर खाती र अधिवक्ता विशाल थापा लगायतले बहस गरेका थिए ।गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा भनिएको छ, ‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा धारा २८२ अनुसार नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय असंवैधानिक छ ।’निर्वाचनको म्यान्डेट प्राप्त सरकारले गरेको उक्त निर्णय ‘उत्प्रेषणका आधारमा बदर गरी कार्यान्वयन नगर्न–नगराउन’ परमादेश माग गरिएको रिटमा उल्लेख छ । अधिवक्ता उप्रेतीले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने सरकारी निर्णय असंवैधानिक भएको दाबी गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेका छन् । साथै तत्काल नयाँ राजदूत नियुक्त गर्न सक्ने अवस्था नरहेको र यस्तो निर्णयले कूटनीतिक ‘भ्याकुम’ सिर्जना गर्ने खतरा रहेको दाबी गरिएको छ ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका (अमेरिका) का लोकदर्शन रेग्मी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports