नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनले डोजर चलाएर अपराधिक कार्य गरेको गृहमन्त्री अर्यालको आरोप , बालेन र अर्याल बीच जुहारी

819
shares

गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीचको तिक्तता क्रमशः सतहमा आउन थालेको छ। गृहमन्त्री अर्यालले थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा डोजर चलाउने काठमाडौं महानगरको कदमलाई ‘अपराधसरहको काम’ भनेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण भएको भन्दै मेयर बालेनको निर्देशनमा महानगर प्रहरीले हिजो ट्राफिक प्रहरी कार्यालयको भवनमा डोजर चलाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘स्थानान्तरणका लागि केही समय लाग्ने भएकाले तत्काल कारबाही अघि नबढाउनू’ भन्दै आकस्मिक पत्र पठाएपछि महानगरको डोजर फर्कियो ।

आज सोही स्थान निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयमाथि ‘आक्रमण’ गर्नु अपराध सरह भएको टिप्पणी गरे। ‘कुनै समन्वय नगरी ट्राफिक प्रहरी कार्यालयमा आक्रमण गर्नु कुनै पनि दृष्टिले उचित होइन, यो अपराधसरहको काम हो,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘ट्राफिक प्रहरीलाई अर्को विकल्प नदिई यहाँबाट अहिले हट्न सम्भव छैन।’स्मरणीय छ— वरिष्ठ अधिवक्तासमेत रहेका गृहमन्त्री अर्याल, मेयर बालेनकै पूर्व कानूनी सल्लाहकार हुन्। तर पछिल्ला महिनाहरूमा दुबैबीचको सम्बन्ध चिसिँदै गएको स्वतः अनुमान गर्न सकिन्छ । जानकारहरूले पछिल्ला आठ महिनायता उनीहरूबीच बोलचालसमेत नभएको दाबी गरेका छन् ।

गृहमन्त्री अर्याललाई पदमुक्त गर्न बालेनले प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब दिएको अनेक समाचार बाहिर आएपछि प्रधानमन्त्रीको कार्यालयले त्यसबारे प्रेसविज्ञप्ति नै जारी गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports