नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवाको संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन

936
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।

गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् । त्यो बैठकमा सहभागी भएका एक नेताले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाले विशेष महाधिवेशन नगर्न सभापतिज्यूको निर्देशन छ । नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्ने धारणा राख्नुभयो ।’ देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् ।

ती नेताका अनुसार कार्यवाहक सभापति खड्कामात्रै होइन सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई सिंगापुरबाट देउवाले टेलिफोन गरेर विशेष महाधिवेशन नगर्ने वातावरण निर्माण गर्न भनेको बताएका थिए । देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेको उनको दाबी छ ।सभापति देउवा श्रीमती डा.आरजु राणा देउवासँग कात्तिक १० गते सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका दम्पतीले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।कुटिएपछि पहिलो पटक असोज २८ गते सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा देखिएका देउवाले बैठकमा लिखित मन्तव्य दिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

त्यसपछि जारी केन्द्रीय समिति बैठक खड्काको सभापतित्वमा बसिरहेको छ । बैठकमा केन्द्रीय महाधिवेशन कहिले गर्ने र नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । यही परिस्थितिमा नेताहरू अनिर्णीत बनिरहेको बेलामा सभापति देउवाले विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनको मितिमा सहमति गर्न नेताहरूलाई निर्देशन दिएका हुन् ।नियमित महाधिवेशन पनि कहिले गर्ने भन्नेमा विवाद छ । संस्थापन पक्षले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभापछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।सोमबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले त वैशाख २५ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्नुपर्ने निर्णय नै गरेको छ । अर्कोतर्फ डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।दुई पक्षको कुरा नमिल्ने संकेत देखिएपछि महामन्त्री शर्माले पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । त्यो प्रस्तावमा पनि कुरा मिल्न सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports