सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने विरुद्ध सर्वोच्च अदालतले प्रहरीमा दियो जाहेरी
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १३:२८
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धानका लागि सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ ।
अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।



































