सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले घनश्याम भुसाल,रामकुमारी झाँक्री सहितका ६ नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्यो

962
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहितका ६ नेतालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी विरोधी कार्य गरेको भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

घनश्याम भुसाल,रामकुमारी झाँक्री सहित दामोदर अर्याल,नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठ (किसान)लाई पार्टी सदस्य नरहने गरी कारबाही गरिएको हो ।कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

बुधबारमात्रै नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी सहित १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका थिए ।एकता गर्न नहुने भन्दै ती नेताहरूले विरोध गर्दै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports