सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपाल मार्फत काम गर्ने कम्पनीहरूलाई आर्थिक वर्ष का लागि आयकर छुट दिने निर्णय

1.21K
shares

काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे ।

उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’यस निर्णयले नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसिसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालको काम गर्ने कम्पनीले एमसिसी फन्डिङ (नेपाल सरकारको योगदानसहित)बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।यसको प्रत्यक्ष लाभ एमसिसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन र सडक सुधार जस्ता ठुला पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूलाई हुनेछ । यस निर्णयले परियोजनाको गतिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports