नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा श्रीमान -श्रीमती नै पक्राउ

1.16K
shares

झापा । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका अनारमनीमा राखिएको जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports