विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा आएको समस्याका कारण हवाई उडान प्रभावित

1.39K
shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा आएको समस्याका कारण शनिबार दिउँसो हवाई उडान प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको हो ।यो समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।

शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको उनले बताए । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports