नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसका महामन्त्रीले ठुलोकुरा गरे तर काम गरेन : नेता मोहन बस्नेत

1.34K
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् । उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको बहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए ।

त्यस्तै, उनले महाधिवेशनको तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको तर उनले जिम्मेवारी पूरा नगरेको बताए ।‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा नीजि सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तैपनि क्रियाशीलता टुंगिएको छैन् । यो सबैभन्दा ठूलो कमजोरी हो । महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन् । क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ । अहिले ठूलो स्वर उहाँकै छ,’ उनले भने ।

महामन्त्रीले अब ठूलो स्वर नगरी र आफ्नो कमजोरीलाई ढाकछोप नगरी चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानविनको काम टुंगाउनुपर्ने उनले बताए ।कांग्रेस नेपालको अभिभावक र सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय समस्याहरु समाधान हुने उनले दाबी गरे ।‘आजसम्म नेपालको इतिहासमा कुनैपनि किसिमको आन्दोलनको नेतृत्व कांग्रेसले गर्दाखेरि हालको जस्तो अवस्था भएको थिएन् । कांग्रेसकै नेतृत्वमा समस्याको समाधान भएका छन् । त्यसैले, अब जेनजीहरूलाई नि समेट्नेगरी काम गर्न जरुरी छ,’ उनले भने । महाधिवेशनका बारेमा पार्टीको विधान, कार्ययोजना अनुसार म्याद थप गर्न सकिने उनले बताए ।

‘आजसम्मको इतिहासमा एक वर्ष म्याद थपिएकै हो । चार वर्ष विधानले दिन्छ । एक वर्ष थप्न सकिन्छ र विशेष परिस्थिति आयो भने अर्को ६ महिना पनि थप्न सक्ने स्थिति हो । तर त्यसरी जानुपर्ने परिस्थिति र्सिजना भएको छैन्,’ उनको भनाइ छ ।अहिले विशेष महाधिवेशनको माग गरेर नयाँ पुस्तालाई समेट्ने र परिवर्तन ल्याउने नाममा गलत प्रक्रिया भइरहेको उनले बताए । यस्तो प्रक्रियाले तल्लो तहदेखिको अधिवेशन रोकिने वा प्रभावित हुने उनको भनाइ छ ।‘वडादेखि पालिका, क्षेत्र, प्रदेश अथवा जिल्ला हुँदै महाधिवेशन प्रक्रियामा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनले त्यो प्रक्रिया सबै रोकिन्छ । त्यो अप्रजातान्त्रिक हुन्छ, गैरजिम्मेवार हुन्छ । त्यसैले विशेष महाधिवेशन सम्भव छैन र नियमित महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा सबैले जोड दिनुपर्छ,’ उनले भने ।

बस्नेतले कांग्रेस बैठकबाट निकास निस्किन नसकेपछि नेताहरु भाग्न थालेको आरोप पनि लगाए । उनले महामन्त्रीहरु पनि बैठकबाटै भाग्न थालेको दाबी गरे ।नेता बस्नेतले देशको स्वाभिमानमाथि भएको आक्रमणलाई कांग्रेसले प्रतिकार गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्ने बताए ।कांग्रेस पार्टी जनमतमा विश्वास गर्ने भएकाले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताउँदै उनले सरकारले शान्ति सुरक्षाको अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट चुनाव गराउने वातावरण बनाउन जरुरी रहेको बताए । तर निर्वाचन नभए मुलुक अन्योलमा फस्ने भएकाले चुनाव अपरिहार्य भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports