सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्ती बारे आगामी आइतबार ३० गते विस्तृत वहस गर्ने सर्वोच्चको आदेश

1.6K
shares

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार प्रारम्भिक आदेश दिने संकेत गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनी ३० कात्तिक (आगामी आइतबार) का लागि पेशी तोकेको हो ।सर्वोच्चले उक्त दिन मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत हेर्नेछ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।त्यतिबेला संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रुपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा अन्तरिम आदेश जारी गर्न सक्नेछन् ।

र, अन्तरिम आदेश जारी भएमा मुख्यमन्त्रीलाई दीर्घकालीन प्रकृतिको कामकाज गर्न बन्देज लगाउने आदेश हुनसक्छ ।जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।सर्वोच्चले बुधबार नै मंगलबारको रिट निवेदन र आदेशको फाइल (मिसिल) पनि आगामी आइतबार सुनुवाइका क्रममा पेश गर्न आदेश दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports