सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालको देश र पार्टी निर्माणमा इमानदार भएर काम गर्न सुझाव

1.13K
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश र पार्टी निर्माणमा इमानदार भएर काम गर्न सुझाव दिएका छन् । बुधबार काठमाडौँमा भएको एकता सभामा बोल्दै उनले बढी उदारता नदेखाई सबैलाई मिलाएर जान सुझाव दिएका हुन् ।

‘प्रचण्डलाई प्रस्ट भनेको छु, नयाँ पार्टी बनाइरहेका छौँ । क्रान्तिकारी कम्युनिष्टहरुको पार्टी । देश र जनताप्रति समर्पित भएको पार्टी । रूपान्तरण गर्नुपर्नेछ । त्यो भन्ने बित्तिकै हुँदैन’, उनले भने– ‘भड्काऊ त्यतिकै हुनसक्छ । जिम्मेवारी पुरा नगर्ने पनि त्यतिकै छन् । अनुशासनको पालना त्यतिकै गर्नुपर्ने छ । मनमा लागेका कुरा पार्टी बैठकमा राख्नुपर्छ । आफ्ना मनमा लागेका कुरा प्रस्ट पार्नुपर्छ । लप्पन छप्पन गरेर होइन । समयलाई मिलाएर लैजानुपर्छ । अझै छलफल गर्नुपर्नेछ । नीति, दृष्टिकोण र कार्यक्रम स्पष्ट पार्नुपर्ने छ ।’यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आफ्नो ५३ वर्षदेखिको सम्बन्ध भएकाले मनको बह कसैलाई नकही काम गर्नुपर्नेमा जोड दिए । कतिपयले एकता कति टिक्ला भनेर प्रश्न उठाइरहेको भन्दै त्यसतर्फ सचेत रहन प्रचण्डको ध्यानाकर्षण गराए ।

उनले भने– ‘केपी ओलीसँग २०२९ सालदेखि ५३ वर्ष सङ्गत हो । त्यसकारण कति चिन्छु चिन्दिन पछि भनौँला । म भन्छु– मनको बह कसैलाई कह । प्रचण्डसँग पनि २०४२ सालमा मेरो सङ्गत छ । कतिपयले एकता कति दिन टिक्ला भनेका छन् । धेरै उदारता नभइदिनुहोला । ल्याउन त ल्याइयो व्यवस्थापन गर्न गाह्रो छ । त्यसैले सबै चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports