सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मित्रपार्कमा युवकको शव फेला, दुई जना पक्राउ

442
shares

काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।उक्त स्थानमा आइतबार सवा ११ बजेतिर झगडा भएको थियो। प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्।झगडा गर्ने अर्का एक जना भने फरार छन्। उनीहरूकै कुटपिटबाट युवकको मृत्यु भएको वा लडेर भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताए। मृतकको परिचय पनि खुलेको छैन।

‘झगडा भएको देखिन्छ। अहिले डिटेलमा आइसकेको त छैन। हामी सिसिटिभी रेकर्डहरू पनि खोज्दैछौं,’ उनले भने, ‘मृत्युको कारण आउन बाँकी छ। मदिरा सेवन पनि गरेको देखिन्छ।’उनका अनुसार मृत्युको कारण पोष्टमार्टमपछि मात्रै खुल्नेछ। पोष्टमार्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। पक्राउ पर्नेहरूमा मृतकका कोही साथी थिए वा थिएनन् भन्ने पनि खुलिसकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports