२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२५ वटा महत्त्वपूर्ण सेवा क्षेत्रमा हडताल निषेध

1.44K
shares

काठमाडौँ । अब २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ । नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो ।

अब यी २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताललाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक यस्ता निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

कुन कुन क्षेत्रमा पाइँदैन हडताल गर्न ?

· डाँक, तार वा टेलिफोन सेवा

· जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

· हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

· हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

· प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा

· हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

· सञ्चार सेवा

· आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

· खानेपानीको सञ्चालन तथा वितरण सेवा

· पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

· पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

· अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू)

· औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

· फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

· बैङ्किङ सेवा

· बिमा सेवा

· विद्युत् सेवा

· दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

· मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

· मास्क सम्बन्धी सेवा

· ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा

· भेटेरिनरी सेवा

· कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

· राहदानी विभागबाट प्रदान हुने सेवा

· इन्टरनेट सेवा

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports