२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

1.43K
shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक रहेको जानकारी आएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई जानकारी दिइन् । बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको पनि उनले बताइन् ।

पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतलिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन ।बिहीबारसम्म केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरू र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । महाधिवेशन कहिले गर्ने सन्दर्भमा दुई पक्षबिच विवाद मिल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठक आज रोकेर शनिबारका लागि बोलाइएको छ । विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

अर्कोतर्फ महामन्त्री थापाले बिहीबारको बैठकमा धारणा राख्दै विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका छन् । विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports