२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद : अध्यक्ष ओली

1.39K
shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने अध्यक्ष ओलीको भनाइ छ ।

नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार राति भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताएका हुन् ।अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको अवस्थामा नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए ।

‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने,निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने– ‘राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण निस्तेज पार्ने भन्दै राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका कामबाटै जवाफ दिने दावी गरे ।

त्यसक्रममा अध्यक्ष ओलीले गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए ।बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ को विध्वंस, आगजनी, र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports