सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा

1.56K
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनीहरू दुई समूह मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै प्रगतिशील राष्ट्रिय अभियान, नेपालमा लाग्ने घोषणा गरेका हुन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरीका बलम्पाकी र दाहालले यो निर्णयबारे जानकारी गराएका छन्। झन्डै चार दशक लामो कम्युनिस्ट आन्दोलनको यात्रामा योगदान पुर्‍याएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक राजनीतिमा देखिएको चरम विकृति, भ्रष्ट आचरण र त्यसले राष्ट्र तथा जनतालाई पारेको बहुआयामिक संकटलाई यथास्थितिमा बोकेर हिँड्न नसक्ने निर्णयमा पुगिएको हो।’

‘भाद्र २३ र २४ गतेको युवा विद्रोहपछि नेपालको राजनीतिक दल, राज्यका संरचना र समाजको पुनर्संरचनाको ध्येय स्पष्ट भए पनि त्यसो हुने बाटोमा गएन,’ विज्ञप्तिमा भनिएको छ । आफूहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान पार्टी नेकपा (माओवादी केन्द्र) माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने निर्णयमा सहमत हुन नसकेको उनीहरूले बताएका छन्।

उनीहरूले आजैको मितिदेखि ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा लामबद्ध हुने घोषणा गरेका छन्। साथै, देशभक्त, प्रगतिशील, वामपन्थी, लोकतान्त्रिक, समाजवादी शक्ति र नयाँ पुस्तालाई पनि यो अभियानमा सहभागी हुन हार्दिक अपिल गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports