काठमाडौंमा जाडो बढ्दै, आज कतिमा पुग्यो त ?
वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:३८
shares
देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।
‘हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो, पछि बिहान ८:४५ सम्ममा घटेर ९.२ डिग्री सेल्सियसमा झरेको थियो’, उनले भने, ‘झन् आज ५:४५ मै ९.३ देखिएको छ, अहिले ८:४५ सम्म पक्कै घट्छ।’आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
































