सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिसो बढ्दै, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस भन्दा तल झर्यो

1.6K
shares

मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।

यसै क्रममा आज (मंगलबार ) काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।

हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिन्छ। त्यतिबेलासम्म थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports