यी हुन् निर्वाचनका लागि चुनौती
वि.सं.२०८२ मंसिर ४ बिहीवार १३:१९
shares

काठमाडौ / जेन–जीहरुको भाद्र २३ गतेको विरोध प्रदर्शन र भाद्र २४ गते केही आपराधिक समूहहरुले गरेको हिसांत्मक कार्यपछि मुलुक अशान्तमय बन्दै गएको छ । जेन–जीहरुको जगमा टेकेर प्रधानमन्त्री बन्न सफल भएकी सुशिला कार्की सरकारले आफूले पाएको मान्डेट फागुन २१ गते संसदको निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो ।
तर पछिल्लो सममयमा कार्की सरकार राजनीतिक दलका नेता र केही अभियन्ताहरुका विरद्ध खनिएको छ । जेन–जीहरुले गरेको विरोध प्रर्दशनमा मुख्य २ वटा माग उठाएका थिए । भ्रष्टाचार नियन्त्रण र सुशासन अहिले ती मागहरुका बारेमा सरकारले केही निर्णय गर्न सकेको छैन भने कार्की सरकारकै मन्त्रीहरु र कार्की सरकारले नै नियुक्त गरेकी महान्यायाधिवक्ता सविता भण्डारी विवादमा परेकी छन् ।
भण्डारीले आफैँ र आफ्नो परिवार संलग्न भएको संस्थाले अवैधानिक कार्य गरेको भन्दै प्रहरीले अनुसन्धान गरी उक्त संस्था विरुद्ध मुद्दा चलाउने सिफारिस गरेकोमा महान्यायाधिवक्ता भण्डारीले मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा तानिएकी हुन् ।
कार्की सरकारले पाएको मुख्य जिम्मेवारी भनेको तोकिएको मितिमा शान्तिपूर्ण तवरले संसदको निर्वाचन गराउनु हो । निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर आजसम मुलुकका ठुलो भनिएका कांग्रेस एमाले सहितका शिर्ष नेताहरुसँग सरकारले वार्ता सम्म गर्न सकेको छैन ।
जेन–जीहरुको केही समूहले समेत अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने उद्घोष गरिरहेका छन् । कार्की सरकारको सबै भन्दा ठुलो गल्ती भनेको जननिर्वाचित संसद विघटन गर्नु थियो । संसदबाटै सबै समस्याको समाधान हुन सक्ने अवस्था रहेकोमा आफूलाई नियन्त्रण गर्न सक्छ भन्ने डरले गर्दा नै सरकारले संसद विघटन गरेको हो । संसदबाटै संविधान संशोधन गरेर जेनजीहरुलाई समेत निर्वाचनमा जान सक्ने वातावरण मिलाउन सक्ने अवस्थामा किन र केका लागि अनि कसको स्वार्थमा संसद विघटन गरियो ? अहिलेको मुख्य प्रश्न भनेको यही हो ।
अहिलेको अवस्थामा हेर्दा निर्वाचन हुन स्क्ने अवस्था नरहेको र संसद विघटनको मुद्दा सर्बोच अदालतमा पुगिसकेको हुनाले अब सर्बोच्च अदालतले नै संसद पुर्नस्थापना गर्दै संविधानका केही धारा उपधारा दफा उपदफाहरुमा संशोधन गर्न आदेश दिएको खण्डमा समस्याको समाधान हुन सक्छ । दलहरुसमेत अहिलकै अवस्थामा निर्वाचनमा जान तयार देखिएका छैनन् त्यसको एउटै कारण हो आन्दोलनका बेला प्रहरी हतियार गोली गठ्ठाहरु लुटिएका छन् भने जेलबाट भागेका ५ हजार भन्दा बढी कैदी बन्दीहरु जेल बाहिरै रहेकाले त्यस्ता हतियार र भागेका कैदीबन्दीहरु निर्वाचनको बेला प्रयोग हुन सने डरले गर्दा राजनीतिक दलहरुसमेत निर्वाचनमा जान डराईरहेका छन् । निर्वाचन गराउन कार्की सरकार असफल भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्दछ ।





































