गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये नयाँ १० दलले प्रमाणपत्र पाए

1.73K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निवेदन दिएकामध्ये नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्रका लागि आह्वान गरेको थियो ।

३७ दलले निवेदन दिएकोमा १० दलले प्रमाणपत्र पाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार ३० दल प्रमाणपत्रका लागि प्रक्रियामा रहेका छन् । उनीहरूले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे निर्वाचनमा भाग लिन सक्ने स्पष्ट पारे ।‘हामीले दल दर्ता प्रमाणपत्र प्रयोजनका लागि कात्तिक ३० गतेसम्म निवेदन दिन आह्वान दिएका थियौँ । त्यस अवधिमा आयोगमा दर्ता भएका पुराना सात दल खारेज भएपनि नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । बाँकी दलले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे आगामी निर्वाचन प्रयोजनका लागि भाग लिन सक्छन्’,  उनले भने ।

निर्वाचन प्रयोजनका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता समय तोकेको छ । यसअघि आयोगमा १२२ दल दर्ता भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports