सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमा रासायनिक कारखानामा विष्फोट, अहिले सम्ममा कम्तीमा १५ जनाको निधन, क्षतिको विवरण आउन बाँकी

1.74K
shares

पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ।

बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानामा आगलागी मात्र भएन, नजिकैका भवनसमेत भत्किएका छन्।दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।पन्जाब प्रान्तको लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको मलिकपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा बायलर विस्फोट भएको हो।

विस्फोटमा धेरै जना घाइते पनि भएको बताइएको छ।फैसलाबादका उपायुक्त राजा जहाँगिर अनवरले पत्रकारहरूलाई बताएअनुसार मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको ठूलो बायलर विस्फोटका कारण नजिकैका भवनहरू भत्किएका छन्।

उनका अनुसार उद्धार टोलीले अहिलेसम्म भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् र सात घाइतेलाई अस्पताल लगिएको छ। भग्नावशेषमुनि अझै धेरै मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। उद्धार जारी रहेको जनाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports