२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी पुस्ता अन्धकार चिर्ने उज्यालो बन

1.87K
shares

 

राजन कार्की
अदूरदर्शी राजनीतिका कारण राष्ट्र अन्धकार उन्मुख भयो । कुन बेला के हुन्छ ? भन्न सकिन्न ।
यथार्थमा जेनजी आन्दोलनपछि सबै संरचना ढले । राष्ट्र संविधानविहीन, राजनीति नीतिविहीन हुनपुगेको छ । राष्ट्रलाई यो संकटबाट पार लगाउने क्षमता कसैमा देखिन्न ।
यथार्थमा यो सरकार सेनाले बनाइदिएको हो । राष्ट्रपतिमा यो सरकार बिघटन गर्ने लूर छैन । यो सरकारमा चुनाव गराउनसक्ने खुशी छैन । द्वेष र अराजक प्रतिस्पर्धा बढ्दो छ । अभिभावक नभएको घर र देश उस्तै लथालिङ्ग अवस्थामा पुगेको छ ।
इतिहासमा यस्तो शून्यता कहिले पनि थिएन । यो शून्यता चिर्न सकिएन भने देशै समाप्त हुनसक्ने जोखिम छ ।
भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन त्यही उकुसमुकुको बिस्फोट थियो । राज्यले नरसंहार गरेपछि यो आन्दोलन बिद्रोहमा रुपान्तरण हुनपुग्यो । यो बिद्रोहको २७ घण्टामा लोकतान्त्रिक गणतन्त्र, निर्वाचित संसद, न्यायपालिका, कार्यपालिका केही पनि बाँकी रहेन । सबै खरानी भए । यहाँसम्म कि राष्ट्रका सम्पदा र व्यक्तिका सम्पत्ति समेत खरानी हुनपुग्यो ।
यसपछि अन्तरिम सरकार बन्यो । जेनजी पुस्ताले विजय हासिल ग¥यो, सरकार बन्यो बुढो पुस्ताको । सरकारमा जेनजी देखिएन । जब सरकारमा जेनजी देखिएन, जेनजीका माग, एजेण्डा देखिने कुरै भएन । बिगतको साँढे २ महिना न जेनजी देखिन्छ, न जेनजीको एजेण्डाहरु जिवित देखिन्छन् । देखिन्छ त उही मनलागी तन्त्रको निरन्तरता ।
फागुन २१ मा चुनाव घोषणा भएको छ । एकथरि जेनजी कार्यकारीको निर्वाचन भनिरहेका छन्, अर्काथरि लोकतन्त्र र संविधानको निरन्तरता खोजिरहेका छन् । एमाले चुनाव गराउने सरकारलाई अवैधानिक भनिरहेको छ । एमालेले युवा फोर्स नै गठन गरेर देशैभरि अस्थिरता रोक्न थालेको छ । संसद पुनस्र्थापना एमालेले बटम लाइन बनाएको छ । जेनजी पुस्ता संसद पुर्नस्थापना भए अर्को आन्दोलन भन्दै छ ।
राजनीतिक दलहरुले आफ्नै कारणले, आफ्नै असफलता र अकर्मण्यताका कारणले जेनजी पुस्ता आक्रोसित हुनपुगेको र हिंसा भएको जिम्मेवारी लिन तयार छैनन् । बालबालिका मारेको, दमन गरेको र अराजकता फैलाएको जिम्मा नलिनाले देश गम्भीर मोडमा पुगिसकेको छ । अझै पनि राजनीतिक षडयन्त्र गर्न अघि सर्नु भनेको भोलिका दिनामा ठूलै दुर्घटना निम्त्याउनु हो भन्ने विषयमा किन जेनजीहरु र दलहरु गम्भीर छैनन् ।
जे जति विध्वंश हुनुथियो भयो, अब निर्माण सुरू हुनेछ भनेर गरिएका सबै विश्वास र आशाहरू तुषारापात भएको छ । खरानीबाट देश उठाउनु छ, सुशासन स्थापित गर्नुछ । यो कुरा ठूला दलहरुले नबुझ्नु दुर्भाग्य हो ।
जो शान्ति, प्रगति र सुशासन दिने जिम्मेवार थिए, बहुदलको ३७ वर्ष, लोकतन्त्रको १७ वर्ष शासनमा थिए, तिनीहरूमा विवेक र नैतिकता नभएका कारण देश अधोगतितिर उन्मुख छ । राजनीतिलाई व्यवसाय बनाएपछि के हुन्छ भन्ने ताजा दृष्टान्त भदौ २३, २४ को हिंसात्मक आन्दोलन हो, राज्य दमन र दमनपछिको प्रतिकृया हो । परिदृश्य हो । सहमति, संवाद र सहकार्य गर्ने हो भने साधन, स्रोत र समयको अभाव छैन, कुनै अल्झो र तगारो पनि छैन । जनताले अझै आँखा चिम्लेर साथ दिन्छन् भन्ने भ्रममा दलहरु र ठूला नेताहरु छन् भने त्यो भ्रम जेनजी पुस्ताले मेटाइदिएका हुन् त ? अझै पनि भ्रष्टाचार र नेपोटिजमको साम्राज्य चलाउन सकिन्छ भन्ठान्ने हो भने त्यो असफल पार्टी नेताहरुको दिवा सपना मात्र हुनेछ ।
२०४६ सालदेखि २०८२ सालसम्म जनताले साथ र सहयोग दिएकै हुन् । आफूमा भर विश्वास गर्ने जनताको शोषण गर्नेहरु अझै विवेकहीन हुन्छन् भने त्यसको नतिजा सुखद हुनेछैन । प्रधानमन्त्रीले हेलिकोप्टरमा भाग्नुप¥यो, मन्त्रीहरुलाई सशस्त्र प्रहरीले बचाउनु प¥यो, शेरबहादुर देउवा र डा.आरजु देउवालाई जनताले लछारपछार पारेको देखियो । प्रचण्डजस्ता नेताहरु लुक्नुप¥यो । अझै पनि चेत खुल्दैन भने त्यो यिनको बुद्धीहीनता र देशको अधोगतिको संकेत हो ।
ठूला भनिएका नेताहरुले आत्मसमीक्षा गरुन्, देखिनेछ– सिद्धान्तमा कोही अडेनन्, नैतिकतामा कोही रहेनन् । नयाँ नेपाल बनाउँछौ भन्ने यिनै थिए, यिनीहरु हुँडार र लुटारजस्ता मात्र देखिए, नेपालको सतित्व र अस्तित्व रक्षा गर्ने लक्ष्यण कुनै नेतामा देखिदैन ।
यसकारण नेपालको हालत बलात्कृत अवला नारीको जस्ता हुनपुग्यो ।
लज्जा पनि लज्जित हुनेगरी नेताहरु कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरूले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली, बेइजिङ् वा वाशिङ्टनमा छलाङ्ग लगाउनेहरूले घुमाएर कान समाएको शैलीमा ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थालेको धेरै भयो । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरू केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल, विश्वमा सम्मानित नेपाल असफल राष्ट्र बन्यो ।
जनयुद्ध गरून् कि जनआन्दोलन, लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन् । असन्तुष्टिले पराकाष्ठा नाघेपछि जेनजी पुस्ता आन्दोलित भएका हुन् । आमनागरिकले जेनजी पुस्ताको साथ दिएका हुन् । देशको खास समस्या भनेकै नेता र पार्टीहरुको लुटाह प्रवृत्ति हो । कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकासम्म अपराधिकरण गर्नु हो । यो प्रवृत्ति बोकेका नेताहरु आज पनि स्वार्थको लुते धन्दाले पिरोलिरहेको छ । त्यसैले संविधान असफल भयो, नेताहरु असफल भए, पहिले न्याय नपाए गोर्खा जानु भनिन्थ्यो, वर्तमान कालखण्डमा न्याय खोज्न कहाँ जाने ?
२००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५१ सालमा महाकाली, २०५२ सालमा मेची र २०६३ सालपछि कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । भूपू प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्छन्– बुढी गण्डकीमा ओली, प्रचण्ड र माधव नेपालले ३ अर्वका दरले घूस खाए, प्रमाण मसँग छ । प्रमाणित नभए झुण्डिएर मर्छु । तर कुनै कानुनले तिनलाई छुँदैन । महालेखाले दुई थान जहाज खरिद गर्दा ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको किटानी गरिदियो । यसबाहेक गिरिबन्धुको जग्गा, सुनकाण्ड, एनसेल काण्ड, सेरा दरवारदेखि बालमन्दिरसम्मका जग्गा भ्रष्टाचारलगायतका सयौं काण्डहरु छन्, छानबिन हुँदैन । यही हो लोकतन्त्र ? कहाँ छ जवाफदेहीता ? जिम्मेवारी ?
दण्डित गर्नुपर्ने जनता त्रसित छन्, न्याय दिने न्यायालय नाङ्गेझार छ ।
लोकतान्त्रिक गणतन्त्र लुटतन्त्र नेपाल भयो, इमान, नीति, नैतिकता सिसा फुटेझैं फुट्यो । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरूलाई सपनाको व्यापार गर्ने लोकतन्त्र नामको सस्तो राजनीतिक बजारजस्तो छ नेपाल । नेताहरुले १७ वर्षसम्म सपना बेचेर कानुनको घोडा चढ्नु चढे । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरूले बाह्रैमास गाईजात्रा देखाइरहे । हामी गाईजात्रे, लोकतन्त्र– गाइजात्रा भयो । यही गाईजात्राको पटाक्षेप हो जेनजी आन्दोलन ।
राजतन्त्र किन फालियो, हिन्दुधर्म किन मिल्काइयो, देशमा बढेको भ्रष्टाचार र इसाई, मुसाइकरणले देखाएको छ । सधैं शान्त नेपालमा धार्मिक, क्षेत्रीय, जातीय बढ्दो बिभाजनको कारण पनि यिनै नेता हुन् । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरूमा भिन्नता रहेन । यति हुँदा पनि राजनीतिक सुकुलगुण्डाहरूको चेत पलाएको छैन ।
लोकतन्त्रको भजन गाउने नेताहरू लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर बुर्कुसी मारिरहे, जेनजीले सवक सिकायो, फेरि पनि जनइच्छा कुल्चेर अघि बढ्न खोजिरहेका छन् । जनतालाई भयाक्रान्त पारेर चलेको लोकतान्त्रिक बाहुबलीतन्त्रको अन्त हुनैपर्छ । जेनजी आन्दोलनको माग सुशासन हो, भ्रष्टमाथिको कारवाही हो ।
जेनजी सहिदको रगतको हिसाव खोज्ने र देश बचाउने समय यही हो । जेनजी विवेकशील हौ । अन्धकार चिर्ने उज्यालो बन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports