२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतपत्रको पहिलो नम्वरमा एमालेको सूर्य चिह्न रहने

2.12K
shares

 

काठमाडौ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा मतपत्र कुन दलको कहाँ पर्छ भन्नेमा सबैको चासो रहेको छ । तर कसको निर्वाचन चिह्न कहाँ भन्ने विषयमा निर्वाचन आयोगको निर्देशिकामा स्पष्ट व्यवस्था गरिएकोले सोही निर्देशिका अनुसार निर्वाचन चिह्न रहने निश्चित जस्तै रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिकामा स्पष्ट व्यवस्था भएअनुसार र २०७९ को समानुपातिक तर्फको मत परिणामका आधारमा आगामी निर्वाचनको मतपत्रको क्रमसंख्या हुने पक्कापक्की रहेको छ । निर्देशिकाको दफा ४७ ले मतपत्र दलगत र स्वतन्त्र उम्मेदवारको चिह्न कसरी राखिन्छ भन्ने स्पष्ट व्यवस्था गरेकोले सोही निर्देशिका अनुसार हुने र तत्कालिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको चिह्न पहिले मतको क्रममा राखिने निश्चित रहेको छ ।
निर्देशिकाको दफा ४४ को उपदफा (१) क अनुसार आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा २०७९ सालमा निर्वाचनमा भाग लिएका दलको हकमा त्यति बेला समानुपातिक तर्फ प्राप्त गरेको मत प्राप्त संख्याको आधारमा राखिनेछ । जसले वा जुन दलले समानुपातिकमा बढी मत प्राप्त गरेको थियो उक्त दलको निर्वाचान चिह्न पहिला नम्वरमा र त्यसपछि क्रमश पाउने दलहरुको निर्वाचन चिह्न राखिनेछ ।
जसमा पहिलो नम्वरमा नेकपा एमालेको सूर्य चिह्न रहने, दोस्रोमा कांग्रेसको रुख रहनेछ । २०७९ को निर्वाचनमा एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो भने कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।
तेस्रोमा नेपाली कम्युनिष्ट पार्टीको तारा चिह्न रहनेछ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैले प्राप्त गरेको मत परिणाम जोड्दा १४ लाख ७४ हजार ७५ मत हुन्छ ।
चौथोमा रास्वपा रहनेछ उसले गत निर्वाचनमा ११ लाख ३० हजार ३३४ मत पाएको थियो भने पाचौँमा राप्रपाले ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरेको थियो । पहिलो निर्वाचनमा भाग नलिएका दलहरुको निर्वाचन चिह्न दल दर्ता प्रयोग गर्नको लागि दल दर्ता गराएको नम्वरमा आधारमा मतपत्रमा उक्त पार्टीका निर्वाचन चिह्न नेपाली अक्षरको वर्णनाक्रम अनुसार हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports